चौथौ संस्करणको एभरेस्ट प्रिमियर लिग ९इपिएल०मा आज बुधबार प्ले अफका दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज प्ले अफ अन्तर्गतको क्वालिफायर र एलिमिनेटर खेल हुन लागेको हो । ।
बिहान साढे ९ बजे सुरु हुने पहिलो क्वालिफायरमा चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।सोमपाल कामीको कप्तानीमा रहेको चितवन शीर्ष तथा विनोद भण्डारीको कप्तानीमा रहेको पोखराले दोस्रो स्थानमा रहेर क्वालिफायर खेल्न लागेको हुन् ।
यो खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउने छ । दुवै टोली आज जित निकाल्दै पहिलोपटक लिगको फाइनल पुग्न चाहन्छन् । पराजित हुनेले एलिमिनेटरको विजेतासँग फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ ।
लिग अन्तर्गत बुधबार नै हुने एलिमिनेटरमा काठमाडौं किङ्ग्स(११ र भैरहवा ग्लाडियटर्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो साढे १ बजे सुरु हुनेछ ।शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा तेस्रो र सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंले चौथौ स्थानमा रहदै एलिमिनेटर खेल्न लागेका हुन् ।
यसअघिका तीनवटै फाइनल खेलेको भैरहवा चौथौपटक पनि फाइनल पुग्ने सम्भावनालाई कायम राख्न काठमाडौँलाई पराजित गर्न चाहन्छ ।पहिलोपटक फाइनल पुग्ने दाउमा रहेको काठमाडौँ पनि भैरहवाको चुनौतिलाई पन्छ्याउँदै अघि बढ्ने प्रयासमा हुनेछ ।