माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा भारत र बंगलादेश १-१ गोलको बराबरीमा रोकिएका छन्। मालेस्थित राष्ट्रिय रंगशालामा सोमबार साँझ सम्पन्न खेलमा भारत र बंगलादेशले बराबरी खेल्दै १-१ अंक बाँडेका हुन्।
यो बराबरीसँगै २ खेलबाट बंगलादेशले ३ अंक जोडेको छ भने पहिलो खेल खेलेको भारतले १ अंक जोडेको छ।पहिलो हाफमा सुनिल क्षेत्रीले गोल गरेर भारतलाई अग्रता दिलाए पनि बंगलादेशका यासिन अराफतले दोस्रो हाफमा गोल फर्काउँदै बराबरी गरेका थिए।आजै राति नेपालले श्रीलंकाको सामना गर्दै छ।