एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा चितवनले पोखरालाई ९ विकेटले हरायएको छ ।
शुक्रबारको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित ओभरमा ७ विकेट गुमाएर १२३ रन बनाएको थियो ।
पोखराका लागि विवेक यादवले ५३, असेला गुणरत्ने २५ तथा रिचार्ड लेभीले २० रनको योगदान गरे । अन्य ब्याट्सम्यानले दोेहोरो अंकमा रन बनाउन सकेनन् ।
पोखरालाई सस्तैमा समेट्ने क्रममा चितवनका कमलसिंह ऐरी र सहाव आलमले दुई दुई तथा सोमपाल कामीले १ विकेट लिए ।
१२४ रनको लक्ष्यसहित मैदान उत्रिएको चितवनले १६.४ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।
चितवनको जितमा मोहम्मद सहजादले ६३ र भिम शार्कीले ५४ रन बनाए ।
प्रतियोगितामा चितवन तीन खेलबाट ६ अंक बनाउँदै शिर्ष स्थानमा उक्लिएको छ । यो चितवन टाइगर्सको लगातार तेस्रो जित हो ।
शुक्रबार भएको पहिलो खेलमा ललितपुर प्याट्रियोट्सले विराटनगर वारियर्सलाई ३७ रनले पराजित गरेको थियो ।