रामप्रसाद बिस्मिललाई दुई दिनपछि फाँसी हुनेवाला थियो । उनकी आमा उनीलाई भेट्न कारागार पुगिन् । आमा र छोरा केही समय एक अर्कालाई हेरिरहे ।
आमा राप्रसादलाई केही भन्न चाहन्थिन् । रामप्रसाद बोल्न भन्दा पहिले उनको आँखामा आँसु खस्यो । उनले सोचे कि म धेरै रुँदा आमा पनि रुन्छिन्, आँसुलाई रोक्ने कोसिस गरे, तर आँशु रोकिएन ।
रामप्रसादको आँखाबाट आँसु नरोकिएपछि उनकी आमाले भनिन्, रामप्रसाद म त तिमीलाई एकदमै बहादुर ठान्थे, यस्तो शाहस भएको व्यक्ति मेरो अगाडि मेरो लागि रोइरहेको छ । जसले ‘भारत माता’को लागि आँसु बगाएको छ, त्यो व्यक्ति आफ्नी आमाको लागि रोएको मलाई मन परेन् । तिमी किन रोइरहेको छौँ, तिमीलाई थाहा थियो कि तिमी जुन बाटोमा हिँडिरहेको छौँ, त्यसको परिणाम कुनै बेला यो हुनसक्छ अनि किन रुन्छौँ ?
अनि तिम्रो प्राण लिइँदै छैन, तिमी त आफ्नी आमाको खातिर आफ्नो जीवन बलिदान गर्दैछौँ । आफ्नी आमाको कुरा सुनेर रामप्रसादले आँसु पुछ्दै भने, ‘आमा मलाई यो कुरा थाहा थियो तर म भावनामा बगेर मेरो आँसु आयो । म यो सोच्दै थिएँ कि, तपाईं मलाई कसरी बुझाउनुहुन्छ ?
पाठः कहिलेकाहीँ भावनाहरुले हाम्रो विश्वासलाई कमजोर बनाउँछ । यस घटनाका दुवै पात्रहरु कमजोर हुँदैछन् तर एकले अर्कालाई सम्हालिरहेका छन् । यो गुण सबैमा हुनुपर्छ । जब हाम्रो जीवनमा कुनै कठिनाई आउँछ, त्यतिबेला परिवारका सदस्यहरुले एक अर्कालाई शान्तिपूर्वक बुझाउने प्रयास गर्नु आवश्यक हुन्छ ।