काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेको मुद्दा संशोधन प्रकरणमा सर्वोच्चमा जारी बहस सकिएको छ । आइतबार न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भएको र सो बहसको आदेश आजनै आउँने सम्भावना रहेको बताइएको छ । त्यस्तै रास्वपा सभापति लामिछानेतर्फबाट सो मुद्दामा पूर्व महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले बहस गरेका हुन् ।
तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतमा दर्ता गरिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन् । सो निर्देशनका विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र सिन्धुलीका युवराज पौडेल ‘सफल’ले रिट दायर गरेका थिए ।