काठमाडौँ । पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ । शनिबार बिहान पक्राउ परेका उनलाई आज अदालतमा उपस्थित गराइएको हो ।थप अनुसन्धानका लागि म्याद थप अनुमति लिन उनलाई अदालतमा उपस्थित गराइएको हो ।
यसअघि लेखकलाई सरकारी वकिलको कार्यालयमा लगिएको थियो ।जेनजी आन्दोलनको घटना छानबिनका लागि प्रहरीले लेखकलाई शनिबार बिहान निवासबाटै पक्राउ गरेको थियो ।उनीसँगै पक्राउ परेका केपी शर्मा ओलीलाई पनि आजै दालत उपस्थित गराइँदै छ ।