काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का अध्यक्ष परिषद् सदस्य तथा पूर्वमन्त्री सुदन किराँतीले पदबाट राजीनामा दिएका छन्।
बुधबार बसेको अध्यक्ष परिषद्को बैठकमा उनले आफ्नो राजीनामा पत्र बुझाएको पार्टी स्रोतले जनाएको छ। स्रोतका अनुसार उनले राजीनामा दिएको पुष्टि भए पनि हालसम्म उक्त राजीनामा स्वीकृत भने भइसकेको छैन।
यसअघि तत्कालीन नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादी लगायतका दलसँग एकता गरेपछि किराँतीले पार्टी परित्याग गरी प्रलोपा प्रवेश गरेका थिए। राजीनामाको विषयमा थप जानकारी लिन खोज्दा उनको मोबाइल फोन सम्पर्कमा नआएको बताइएको छ।