काठमाडौँ । खोटाङका किसानहरु बाँदर नियन्त्रण गर्न माग गर्दै आन्दोलनमा उत्रिएका छन् । खोटाङको दिक्तेलमा आज किसानहरूले आन्दोलन गरेका हुन्। बाँदरले बाली खाएर सताएको भन्दै किसानहरूले नियन्त्रणको माग गरेका छन्।
बाँदरको समस्या हल गर्न हलो, जुवा, दाँते र कोदालोसहित किसानहरूले प्रदर्शन गरेका थिए। उनीहरूले बाँदर नियन्त्रणका लागि प्रभावकारी काम गर्न सरकारसँग माग गरेका छन्।