काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ को निर्वाचन विवादमा छलफलका लागि निर्वाचन आयोगलाई बोलाएको छ ।
कालोसूचीका कारण आयोगले उमेदवारी खारेज गरेपछि धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार किशोरी साह कमलले सर्वोच्चमा रिट दिएका थिए ।
उक्त रिटमाथि सोमबार (फागुन २५) सर्वोच्चका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासमा निवेदकका कानुन व्यवसायीले गरेको बहसपछि आउँदो शुक्रबार अन्तरिम आदेशमा छलफलका लागि आयोगलाई डाकिएको हो ।
त्यस दिन आयोग र रिट निवेदकको छलफलपछि उमेदवारी र मत कायम गर्न अन्तरिम आदेश जारी हुने वा नहुने विषयको टुंगो लाग्ने छ । सर्वोच्चले आयोगको निर्णय फाइल समेत झिकाएको छ ।