बुधबार राती सनराइर्ज हैदरावादमाथी फराकीलो जीत निकाल्दै चेन्नई सुपर किङ्गस आईपिएल अंकतालिकाको शिर्ष स्थानमा उक्लिएको छ। ६ मध्ये ५ खेलमा जित निकाल्दै महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नई १० अंकको साथमा शिर्ष स्थानमा पुगेको हो।
६ खेलमै ५ जित र १० अंकका साथमा बिराट कोहली नेतृत्वको रोयल च्यालेन्जर्स बैगंलोर अंकतालिकाको दोश्रो स्थानमा छन। नेट रनरेटको आधारमा बैगंलोर चेन्नईभन्दा पछी परेको हो। चेन्नईले १.४८ नेट रनरेट कायम गरेको छ भने बैगंलोरको ०.०९ नेट रनरेट छ।
अंकतालिकाको तेश्रो स्थानमा रिषभ पन्त नेतृत्वको दिल्ली क्यापिटल्स छ। उसले पनि ६ खेल खेलेको छ। जसमध्ये ४ मा जित निकाल्दै ८ अंक बटुलेको छ।
पाँच खेलमा २ वटा जितेको रोहित शर्माको मुम्बई ईन्डियन्स, ६ खेलमा २ खेल जितेको इयोन मोर्गनको कोलकाता नाइटराइर्ड, ६ खेलमा २ खेल जितेको केएल राहुलको पञ्जाव किङ्स र ५ खेलमा २ खेल जितेको सन्जु सामसनको राजस्थान रोयल्स क्रमश चौथो, पाँचौ, छैठौं र सातौ स्थानमा छन् । यी सबैले समान ४ अंक बटुलेका छन्।
६ खेलमा एउटा मात्र जित निकाल्न सफल सनराईजर्स हैदरावाद २ अंकसहित अंकतालिकाको पुछारमा छ। आईपिएलको यो सिजनमा अहिलेसम्म २३ वटा खेल भइसकेका छन्।

हैदरावादमाथि चेन्नईको फराकीलो जीत
बुधबार राती चेन्नईले हैदरावादमाथी ७ विकेटको फराकीलो जित निकाल्यो। हैदरवादले दिएको १ सय ७२ रनको मध्यम लक्ष्य चेन्नईले ९ बल बाँकी हुदैँ ३ विकेटको क्षतीमा पुरा गर्यो।
चेन्नईलाई सहज जित दिलाउने क्रममा ओपनर रुतुराज गाइक्वायड (प्लेयर अफ द म्याच) र फाफ डु प्लेसिसले चेन्नईलाई शानदार शुरुआत दिलाए। पहिलो विकेटका लागि १ सय २९ रनको साझेदारी गरेका उनीहरु दुबैले अर्धशतकिय पारी खेले।
१२ औ ओभरको अन्तिम बलमा अफगानी लेगस्पिनर राशीद खानको बलमा एलबिडब्ल्यू आउट हुनुअघि रुतुराजले ७५ रन बनाएका थिए। ४४ बलको सामना गरेका उनले १२ वटा चौका प्रहार गरे। यस्तै १४ औं ओभरको अन्तिम बलमा डु प्लेसिस पनि रासिद खानकै एलबिडब्ल्यू धरापमा परेर आउट भए। आउट हुनुअघि उनले ३८ बल खेल्दै १ छक्का र ६ चौकाको मदतमा ५६ रन बनाएका थिए।
त्यसअघि राशीदकै बलमा ईग्लिस अलराउण्डर मोइन अली केदार जाधवको हातबाट क्याचआउट भएका थिए। उनले ३ चौकाको मदतमा ८ बलमा १५ रनमात्र बनाए। भारतलाई जितसम्म पुर्याउने क्रममा सुरेश रैनाले १५ बलमा ३ चौकासहतिको १७ रन र भारतिय स्टार अलराउण्डर रविन्द्र जडेजाले ६ बलमा १ चौकासहित ७ रन बनाए।
पहिले व्याटिङ गरेको हैदरावदको शुरुआत राम्रो हुन सकेन। ओपनर जोनी वेयरेस्टो ५ बलमा १ चौकासहित ७ रनमात्र बनाएर साम कुर्रानको बलमा दिपक चाहरको हातबाट आउट भए। त्यसपछि व्याटिङ गर्न आएका मनिष पाण्डे र अर्का ओपनर तथा कप्तान डेविड वार्नर मिलेर हैदरावादको पारी सम्हाले।
दोश्रो विकेटको लागि १ सय २ रनको शतकिय साझेदारी गरेका वार्नर र पाण्डे दुबैले अर्धशतकीय पारी खेले । पाण्डेले ६१ रनको पारी खेल्ने क्रममा ४६ बलमा पाँच चौका र १ छक्का प्रहार गरे भने वार्नरले ५५ बलमा २ छक्का र ३ चौकासहित ५७ रन बनाए। यि दुबैको विकेट दक्षिण अफ्रिकाका तिव्र गतिका बलर लुंगी नगिडीले लिए। जार्नर जडेजाको हातबाट समातिएका थिए भने पाण्डेको क्याच डु प्लेसिसले लिएका थिए।
किवि व्याट्सम्यान केन विलियम्सन र भारतिय अलराउण्डर केधार जाधवले छोटो तर आक्रामक पारी खेले। विलियम्सनले १० बलमा १ छक्का र चार चौका सहित २ सय ६० को स्ट्राईकरेटमा २६ रन बनाए भने जाधवले पनि ३ सय को स्ट्राइकरेटमा १ चौका र १ छक्का प्रहार गर्दै १२ रन बनाए।
ओरेञ्ज र पर्पल क्याप कसको टाउकोमा ?
बुधबारको अर्धशतकिय पारीले चेन्नईका ओपनर फाफ डु प्लेसिसलाई ओरेञ्ज क्याप दिलायो। ६ ईनिङमा उनले ६७.५० को औसतमा कुल २ सय ७० रन बनाइसकेका छ्। उनलाई दिल्ली डेयरडेविल्सका ओपनर शिखर धवनले २ सय ६५ रन बनाएर पछ्याईरहेका छन्। धवनले ६ ईनिङमा ४४.१६ को औसतमा रन बनाएका छन्।
तेश्रो स्थानमा ४८ को औसतसहित २ सय ४० रनको साथ पञ्जावका कप्तान केएल राहुल छन् भने बैगंलोरका ग्लेन म्याक्सवेलले ४४.६० को औसतमा २ सय २३ रन बनाउदै चौथो स्थानमा छन्। पाचौँ स्थानमा ४३.६० को औसतमा २ सय १८ रन बनाएका हैदरावादका जोनी बेयरेस्टो छन्।

बैगंलोरका हर्षल पटेलले लामो समयदेखी पर्पल क्यापमाथी कब्जा जमाएर बसेका छन्। उत्कृष्ट लयमा देखिएका पटेलले ६ खेलमा १७ विकेट लिएका छन्। कुल २४ ओभर बलिङ गरेका उनले १२ को औसतमा विकेट लिएका छन्।
दिल्लीका आवेश खान पर्पल क्यापको दौडमा पटेललाई पछ्याईरहेका छन्। उनले पनि समान ६ खेल खेलेका छन्। खानले १३.४१ को औसतमा १ विकेट लिएका छन्।
मुम्बईका राहुल चाहर, हैदरावादका राशिद खान र राजस्थान रोयल्सका क्रिस मोरिस क्रमशः तेश्रो, चौथो र पाँचौ स्थानमा छन्। चाहरले ५ खेलमा २० ओभर बलिङ गर्दै ९, राशिदले ६ खेलमा २४ ओभर बलिङ गर्दै ९ विकेट र मोरिसले ५ ओभरमा १८ ओभर बलिङ गर्दै ९ विकेट लिएका छन्।
