काठमाडौं – काठमाडौं चन्द्रागिरीमा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिका–२ स्थित मसिने भीरमा ना२क३२३ नम्बरको मिनिट्रक सडकबाट ८०० मिटर तल खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।
मृत्यु हुनेमा ट्रक चालक र सिन्धुली घर भएका २३ २४ वर्षिय मनिष कार्की रहेका छन्। मृतक मनिष तामाङ मरिण कन्ट्रक्सनका एकाउन्टेन हुन् भने चालकको पहिचान हुन सकेको छैन।
भीरमा कोही पनि जानसक्ने अवस्था नभएको कारण शव नदेखिएको प्रहरीले जानकारी दिएको छ। डोरी लगाएर उनीहरुको शव निकाल्ने तयारी भइरहेको छ।