धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ। तिहारको बिदा पछि आज खुलेको बजारमा नेप्सेसहित कारोवार रकममा समेत सकारात्मक प्रभाव परेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से २३ दशमलव ३२ बिन्दुले उकालो लागेर एक हजार ७४१ दशमलव ८१ मा पुगेको छ।
यस्तै, सेन्सेटिभ परिसूचक ० दशमलव ८० ले ओरालो लागेर ३३८ दशमलव ०९ मा ओर्लेको छ। कूल १९४ कम्पनीको एक करोड १६ लाख ७४ हजार ८७५ कित्ता शेयर रु चार अर्ब ७९ करोड १० लाख ४१ हजार ६४९ बराबरको कारोवार भएको छ। स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये तीन उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर भने उकालो लागेको छ।
बैंकिङ १ दशमलव २८, विकास बैंक २० दशमलव ६ र जलविद्युत् १८ दशमलव ६१ बिन्दुले ओरालो लागेको छ। यस्तै, व्यापार १८१ दशमलव ०८, होटल ३९ दशमलव ६, वित्त ८ दशमलव ४३, निर्जीबन बीमा ३९७ दशमलव ४८, उत्पादन २३५ दशमलव ४५, अन्य २९ दशमलव ९७, लघुवित्त १४ दशमलव ६, जीवन बीमा ५२१ दशमलव ३७ र सामूहिक लगानी कोष ० दशमलव १६ ले उकालो लागेको छ।
कारोवारका आधारमा आज पनि नेपाल पुर्नबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको रु ३३ करोड ६२ लाख ५९ हजार ९२० बराबरको कारोवार भएको छ। यस्तै नेपाल दूरसञ्चार कम्पनी रु ३० करोड ८५ लाख ५१ हजार ६६०, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु २५ करोड ८४ लाख ९१ हजार २५, शिवम् सिमेन्ट रु २२ करोड ७९ लाख ५४ हजार, एनआइसी एशिया बैंक रु १८ करोड १२ लाख २७ हजार ५७२, प्रभु बैंक रु १६ करोड ५९ लाख ६६ हजार ७८ र शिखर इन्स्योरेन्स रु १६ करोड २६ लाख पाँच हजार ९५६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे।
स्टकका अनुसार कारोवार भएका कम्पनीमध्ये ७२ कम्पनीको शेयर उकालो लागेको छ भने ८७ वटाको ओरालो लाग्दा १३ वटाको भने कुनै परिवर्तन भएको छैन। स्टकका अनुसार आज हिमालयन डिस्टिलरी १०, गुर्खाज फाइनान्स १०, बोटलर्स नेपाल तराई ९ दशमलव ९९, विशाल बजार कम्पनी ९ दशमलव ९९, साल्ट ट्रेडिङ कर्पोरेशन ९ दशमलव ९८, शिवम् सिमेन्ट ९दशमलव २५, शिखर इन्स्योरेन्स ८ दशमलव ३८ र ओरियन्टल होटलका लगानीकर्ताले ७ दशमलव ७५ प्रतिशतले कमाए।
त्यस्तै, घलेम्दी हाइड्रो ५ दशमलव ८०, यूनाइटेड मोदी ५ दशमलव ७५, दिव्यश्वरी हाइड्रोपावर ५ दशमलव ६५, सबैको लघुवित्त ५ दशमलव ५८, नेपाल हाइड्रो डेभलपर ५ दशमलव ५३, सिन्धु विकास बैंक ५ दशमलव ११, छ्याङ्दी हाइड्रो ४ दशमलव ७६ र जोशी हाइड्रोपावरका शेयरधनीले ४ दशमलव ६५ प्रतिशतले गुमाए।