दिल्ली – इंडियन प्रीमियर लीग (आईपिएल)को १३औं सिजनको ५० वटा खेल सम्पन्न भइसक्यो तर अहिलेसम्म प्ले–अफको दृष्य स्पष्ट भइसकेको छैन । मुम्बई इन्डियन्स एकमात्र टीम हो जसले प्ले–अफमा आफ्नो स्थान बनाइसकेको छ । यसबाहेक बाँकी तीन टीमहरुको भिडन्त जारी छ ।
५० औँ खेलमा राजस्थान रोयल्सले किंग्स इलेवन पंजाबलाई हराएर प्ले–अफको समीकरण अझै रोचक बनाईदियो ।
शुक्रवार राजस्थानबिरुद्द पंजाबले पहिले व्याटिङ गर्दै ६ विकेटको क्षतीमा २० ओभरमा १ सय ८५ रनको योगफल तयार पार्यो । लक्ष्य पछ्याउदै राजस्थानले १७ ओभर ३ बलमा ३ विकेट गुमार जीत हात पार्यो ।
यो जितपछी राजस्थानले अन्तिम चारमा पर्न सक्ने सम्भावनालाई जोगायो भने पञ्जाबको बाटो भने अप्ठ्यारो बनाईदियो ।
प्ले–अफको रेस भयो रोचक
रोयल चैलेन्जर्स बैंगलोर र दिल्ली क्यापिटल्सको टिम यतिबेला १४–१४ अंकको साथमा प्ले–अफमा दावेदारी दिदैछन् । यसबाहेक पञ्जाब, राजस्थान र कोलकाता नाइटराइडर्सको टिम १२–१२ अंक लिएर यो दौडमा शामिल छन् । हैदराबादको दुई वटा खेल बचेको छ र उ पनि १४ अंक सम्म पुग्न सक्छ ।
के छ प्ले–अफको समिकरण ?
यतिबेला प्ले–अफमा अन्तिम तीन स्थानमा पुग्ने अवसरको कुरा गर्ने हो भने दिल्ली र बैंगलोरको दावेदारी बलियो छ । दुबै टीमले आफ्नो बचेको दुई खेलमध्ये एकमा जित हात पार्दा प्ले–अफमा पुग्नेछन् । दिल्लीले मुम्बई र बैंगलोरबिरुद्द खेल्नु छ भने बैंगलोरको अर्को खेल हैदरबादबिरुद्द छ । यदि दिल्ली मुम्बईसँग हार्यो र बैंगलोर हैदराबादसँग हार्यो भने दिल्ली र बैंगलोरबिचको खेल निर्णायक हुने छ ।
पञ्जाबले चेन्नईबिरुद्द खेल्नुपर्नेछ जुन ‘गर या मर’ को खेल हुनेवाला छ । राजस्थान र कोलकाताबिच हुने खेलमा जसले जित हात पार्छ उसले प्ले–अफको दावेदारी पेश गर्नेछ किनभने जीतपछी मामिला नेट रन रेट मा आउनेछ । हैदराबादसँग पनि १४ अंकसम्म पुग्ने मौका छ तर उसको बाँकी खेल बैंगलोर र मुंबईसँग छ जो निकै बलियो टिम हुन् ।