दिल्ली – भारतीय क्रिकेट टीमका पूर्व अलराउन्डर इरफान पठान आजकल इंडियन प्रीमियर लीग (आईपिएल) मा कमेन्ट्री गरिरहेका छन् । अन्तराष्ट्रिय क्रिकेटबाट गएको वर्ष बिदा लिएका पठानले आइपीएल खेल्दाको अनुभव सुनाएका छन् । उनले चेन्नई सुपर किग्ंस टिमको हरेक खेलाडीको ख्याल कसरी गरिन्छ र अन्य टिमहरुले कसरी आफ्नो बारेमा मात्र सोच्छन् भन्न्े खुलासा गरेका छन् ।
चेन्नई सुपर किंग्स आईपिएलको यो सिजनमा बाहिरिने पहिलो टोली हो । टीमको प्रदर्शन निकै लज्जास्पद रह्यो तर पनि टीमका मालिक कप्तान र टीमको साथमा उभिएका छन् । सीएसकेका सिईओ काशी विश्वनाथले केहि दिन अघि टिमले यसपटक हार व्यहोरेको भएपनि आउने सिजनमा पनि टिमको कप्तानी महेंद्र सिंह धोनीले नै गर्ने बताएका थिए ।
इरफानले गरे चेन्नईको टिम म्यानेजमेन्टको प्रशंशा
आइपीएलमा धेरै टिमहरुको लागि खेलिसकेका इरफानले कमेन्ट्री गर्दै चेन्नईबाट खेल्दा कसरी आफुँले निकै आराम पाएको बताए । चेन्नई सुपर किंग्स, किंग्स इलेवन पंजाब, दिल्ली डेयरडेविल्स (हाल दिल्ली कैपिटल्स) पुणे सुपरजाइंट्स र सनराइजर्स हैदराबादको लागि खेलेका पठानले नाम उल्लेख नगरिकन टिमहरुले खेलाडीको वास्ता नगर्ने बताए ।
राम्रोसँग सुत्न पनि दिईदैन
मात्र एउटा चेन्नईको टिम थियो जसबाट खेल्दा रातीको खेल खेलेपछि उनीहरुको लागि दिउसोको फ्लाईट बुक गरिन्थ्यो । बाँकी टिमहरुको लागि खेल्दा केहि खेलहरु अबेर राती सकिन्थ्यो र सुत्दा रातीको २ बज्थ्यो तर पनि टीम म्यानेजमेन्टले बिहानको फ्लाइट बुक गराउथ्थ्यो । एउटा चेन्नई नै यस्तो टिम रह्यो जसको फ्लाईट सधैँ यस्तो समयमा दिउसोको समयको लागि बुक हुन्थ्यो ।