काठमाडौं– विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिताको आवेदन खुलेको छ । इप्लानेटले नियमित आयोजना गर्दै आएको उक्त सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल २०२०’को आवेदन खुल्ला गरिएको हो ।
मिसेस नेपाल प्रतियोगितामा सहभागिता जनाउनका लागि अनलाइन तथा अफलाइन माध्यमबाट आवेदन दिन सक्ने आयोजक संस्था इप्लानेट प्रालिले जनाएको छ । यो प्रतियोगिताको संयोजन ग्रिन आर्ट्स नेपालले गर्ने छ ।
आवेदन दिएका मध्येबाट आन्तिरिक छनोटमा परेका उत्कृष्ठ प्रतियोगिहरुले ‘मिसेस युनिभर्स’का लागि प्रशिक्षणमा सहभागि हुन पाउने छन् ।
प्रतियोगितामा २१ वर्षदेखि ५५ वर्षसम्मका विवाहित नेपाली महिलाले भाग लिन सक्ने छन् ।