काठमाडौं– बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीको नयाँ गीत बजारमा आएको छ । सुवेदीको शब्द रचना रहेको ‘दुख्ने मुटु’ बोलको सार्वजनिक गीतमा अन्जु पन्तको स्वर तथा आलोक श्रीको संगीत सुन्न सकिन्छ ।
गीतको म्यूजिक भिडियोमोमा गीतकार सुवेदीका साथमा उनकी धर्मपत्नी पुनम सुवेदीले अभिनय गरेका छन् । म्यूजिक भिडियोमा ध्रुव दत्त, मिरुना मगरका तथा दूतावासका निवर्तमान उपनियोग प्रमुख शरदराज आरन र तृतीय सचिव तेजेन्द्र रेग्मीका दम्पतिले पनि अभिनय गरेका छन् ।
म्यूजिक भिडियोमा कुशल श्रेष्ठको छायांकन, सम्पादन तथा निर्देशन रहेको छ । भिडियोमा ट्राफगल स्क्वायर, अक्सफोर्ड स्ट्रीट, पिकाडेली सर्कस, बकिंगहम प्यालेस, हाइड पार्क लगायत लण्डनका प्रमुख स्थानका दृश्यहरु कैद छन् ।