काठमाडौं– गायिका मिलन नेवार र राजनराज शिवाकोटी नयाँ गीतका साथमा बजारमा आएका छन् । उनीहरुले ‘ताल्चा लगाउ’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् ।
सार्वजनिक गीतमा राजनराजकै शब्द तथा संगीत सुन्न सकिन्छ ।
सार्वजनिक गीतको म्यूजिक भिडियोमा पनि राजनराज र मिलननै देखिएका छन् । उनीहरुलाई दिनेश काफ्लेले अभिनयमा साथ दिएका छन् ।
राजेश पुमा राईले निर्देशन गरेको म्यूजिक भिडियोमा उत्सव दाहालको छायाँकन तथा विकास दाहालको सम्पादन रहेको छ ।