काठमाडौं– गायक रमण रेग्मीको नयाँ गीत सार्वजनिक भएको छ । उनको स्वरमा ‘मेसो पा छैन्’बोलको नयाँ गीत सार्वजनिक भएको हो । गीत हरि लम्सालले लेखेका हुन् ।
गीतमा संगीत तथा संगीत संयोजन पनि हरि लम्सालकै सुन्न सकिन्छ । सार्वजनिक गीतमा गायिका मेलिना राईले रेग्मीलाई गायनमा साथ दिएकी छिन् ।
गीतको म्यूजिक भिडियोमा पुष्प खड्का र उषा उप्रेतीले अभिनय गरेका छन् । म्यूजिक भिडियो निर्देशन गम्भिर बिष्टले गरेका हुन् ।
सविना कुँवर रेग्मीले निर्माण गरेको म्यूजिक भिडियोको सिनेमाटोग्राफि नवराज उप्रेती र उनको टिमले गरेको हो ।