काठमाडौं– गायक राजु परियारको आवाजमा नयाँ दसैं गीत सार्वजनिक भएको छ । परियारको स्वरमा ‘गाउँमै मनाउ दसैं तिहार’ बोलको गीत सार्वजनिक भएको हो । सार्वजनिक गीत गायनमा परियारलाई गायनमा शान्ता कार्कीले साथ दिएकी छिन् ।
लय तथा संगीत रिमेश कुमार थापाको रहेको गीत जीवन प्याकुरेलले लेखेका हुन् । गीतमा विजय थापाको संगीत संयोजन गरेका छन् ।
विक्रम चौहानको निर्देशन तथा करियोग्राफि रहेको भिडियोमा टीका जैसी, ध्रुब हिमाली र दिनेश केसीले अभिनय गरेका छन् ।
अमन बडुको छायाँकन र लक्ष्मण चौहानको सम्पादन छ । म्यूजिक भिडियो निर्माण रिमेश कुमार थापाले गरेका हुन् ।