काठमाडौं– अभिनेत्री करिश्मा मानन्धर ‘मुन्द्रेकाे कमेडी क्लब’ को दोस्रो सिजनमा जोडिएकी छन् ।
मानन्धरले हाँसाेबाट अभिप्रेरित भएर क्लबमा जाेडिएकाे बताएका छिन् । ‘हाँसो सबैभन्दा उत्कृष्ट अभिव्यक्ति हो, जसले एक अर्कोलाई सजिलै जोडिदिन्छ,' उनले भनिन्, 'मेरो र हामी सबैको प्रिय स्ट्यान्डअप कमेडीका प्रखर कलाकार जितु नेपालको ‘मुन्द्रे कमेडी क्लब’को यो दोस्रो सिजनमा परिवारको रूपमा जोडिएको छु । आशा छ– हजुरहरुले यो नयाँ कोसिस मन पराउनुहुनेछ ।'
उनले पुरानो सिजनबाट केही प्रेरणा लिएर मन्द्रेकाे कमेडी क्लबको शोभा बढाउने बताएकी छन् ।