काठमाडौं– गायिका बिन्दु परियारको नयाँ गीत सार्वजनिक भएको छ । ‘माया गर्छु है’ बोलको सार्वजनिक गीत गीतकार एकनारायण भण्डारीले लेखेका हुन् । गीतमा संगीत तथा संगीत संयोजन सुदीप सागरले गरेका छन् ।
गीतको म्यूजिक भिडियोमा अभिनेता नाजिर हुँसेनका साथमा टिकटकबाट लोकप्रिय बनेका ट्वीन्स गर्ल प्रिज्मा र प्रिन्सा खतिवडाले अभिनय गरेका छन् ।

सान थापाले निर्देशन गरेको म्यूजिक भिडियोमा अर्जुन तिवारीको छायाँकन रहेको छ । राजीव समरले कोरियोग्राफि गरेका छन् ।