काठमाडौं– यस वर्षको ‘चाइनिज ब्रिज कम्पेटिसन’को अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालका विनोद ब्लोन उत्कृष्ट आठमा पुगेका छन् । १२९ देशका प्रतिस्पर्धी सहभागी भएको चिनियाँ भाषाको प्रतियोगितामा ब्लोन उत्कृष्ट आठमा पुगेका हुन् ।
‘चाइनिज ब्रिज कम्पिटिसन’को नेपाल बिजेता भएर उनी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पुगेका हुन् । कोभिडका कारण भर्चुअल रुपमा भइरहेको प्रतिस्पर्धामा चिनियाँ भाषामा सिर्जनात्मक क्रियाकलापहरु हुन्छन् ।
चिनियाँ भाषामा पोख्त रहेकाहरुले मात्र भाग लिन पाउने यस अन्तर्राष्ट्रिय प्रतियोगितामा मा नेपालका विजेता तथा प्रतिस्पर्धीलाई नेपालका लागि चिनियाँ राजदूत होउ याङ्कीले बधाई दिएका थिए ।
नेपालबाट प्रतिष्पर्धा गरिरहेका ब्लोनले विश्वभाषा क्याम्पसमा चिनियाँ भाषा अध्यापन गराउँछन् । उनी चोङ दे कल्चरल सोसाइटीका महासचिव समेत हुन् । चिनियाँ भाषा, संस्कृतिसम्बन्धी प्रस्तुति, भ्लग निर्माणलगायत सिर्जनात्मक क्रियाकलापमा प्रतिस्पर्धा हुने यस प्रतियोगितामा अक भोटिङमार्फत विजेता छानिने व्यवस्था छ ।
भोटिङका लागि चाइनिज ब्रिज नामक एप्लिकेशनमार्फत् गर्न सकिन्छ । नेपालमा पनि यो एक्लिकेशन डाउनलोड गरी भोटिङ गर्न सकिन्छ ।
सन् २०२० को मेबाट सुरु भएको प्रतियोगितामा अक्टोबर ३ सम्म भोटिङको समय तोकेको छ । त्यसपछि छानिने उत्कृष्ट पाँचबाट अन्तर्राष्ट्रिय एक विजेता घोषित गरिन्छ ।