काठमाडौं– गायिका समिक्षा अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । ‘मायालु जहिले रिसाउनी’ बोलको सार्वजनिक गीतमा गायक सुदिप कुँवरले गायनमा समिक्षा अधिकारीलाई साथ दिएका छन् ।
गीत विष्णु नेपालले लेखेका हुन् । गीतमा गायक सुदिप कुँवरलेै संगीत गरेका छन् । केशब बडुुले संगीत संयोजन गरेका हुन् ।
सुदिप कुँवारले नै निर्देशन गरेको म्यूजिक भिडियोमा गायिका समिक्षालाई सुदिप कुँवारले फकाइरहेको देख्न सकिन्छ । शेर बहादुरको छायांकन, सुजन बडालको सम्पादन रहेको छ । भिडियोमा बाल कलाकार आरभि अर्यालको पनि अभिनय रहेको छ ।