काठमाडौं– आउँदो दसैंका लागि रिलिज डेट तोकेको चलचित्र ‘लक्ष्मी पूजा’को स्याड सङ रिलिज गरिएको छ । चलचित्रमा समावेश ‘जिन्दगी’बोलको गीत सार्वजनिक भएको हो ।
माण्डवी त्रिपाठीको स्वर रहेको गीतमा दयाराम पाण्डेको शब्द तथा विपिन आचार्यको संगीत तथा संगीत संयोजन रहेको छ । गीतमा अस्मिता जुरेली, जयकिशन बस्नेत, नीर शाहलगायत फिचर्ड छन् ।
सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भइरहेको लचित्रमा समिर मियाँको निर्देशन तथा शोभित बस्नेतको निर्माण छ । जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहले शिर्ष भूमिकामा रहेर अभिनय गरेको यो चलचित्रमा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन् ।