काठमाडौं– गायक ब्रबिम शेर्माको स्वरमा ‘ज्यानै हानिर भो’बोलको गीत सार्वजनिक भएको छ । लिम्बू संस्कृतिलाई आधार बनाएर तयार पारिएको गीत राजन मुकारुङले लेखेका हुन् । गीतमा संगीत पनि मुकारुङलेनै गरेका हुन् ।
गीतको म्यूजिक पनि निर्माण गरिएको छ । किरण चाम्लिङले निर्देशन गरेको म्यूजिक भिडियोमा गायक शेर्मा र इक्शा मादेनले अभिनय गरेका छन् ।
डेढ दशकदेखि संगीतमा संक्रिय गायक शर्मा लिम्बु भाषाका गीत गाएर परिचित छन् । लिम्बु भाषाका एक सय भन्दा धेरै गीत गाएका शर्माले नेपाली भाषाका ३ दर्जन गीत गाएका छन् ।