नयाँदिल्ली– भारतमा एकै दिनमा ८६ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार ४३२ जना कोरोना भाइरसबाट संक्रमित भएका हुन् ।
योसँगै भारतमा कोरोना भाइरसबाट सङ्क्रमितहरुको कुल संख्या ४० लाखभन्दा बढी पुगेको अधिकारीहरुको भनाइ छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले देशभरी कुल ४० लाख २३ हजार १७९ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
त्यसैगरी भारतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु भएकाहरुको संख्या ६९ हजार ५६१ पुगेको छ । तीमध्ये १ हजार ८९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।भारतमा कोरोनाभाइरसबाट कुल सङ्क्रमित भएकाहरु मध्ये ३१ लाख ७ हजार २२३ जना अहिले सङ्क्रमणमुक्त भइसकेका छन् ।
त्यसैगरी अरु ८ लाख ८६ हजार ३९५ जना भने अझै पनि संक्रमित अवस्थामै रहेको मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म देशभरी ४ करोड ७७ लाख जनाको कोरोना परीक्षण गरिएको छ भने परीक्षणको क्रम अझै पनि जारी नै रहेको छ ।