काठमाडौं– नेप्से सूचक सोमबार १४०२ बिन्दुमा उक्लिएको छ । सोमबार १०.७५ अंकले बढेर नेप्से १४ सयमाथि उक्लिएको हो ।
आज १ सय ८४ कम्पनीको १ अर्ब ७ करोडभन्दा बढीको कारोबार भएको छ । कोरोना संक्रमणदर बढ्दै गएसँगै स्थानीय तहले सिल र व्यापार व्यवसाय सञ्चालनमा कडाइ गरेको थियो । यसैकारण पुनः लकडाउन हुने भय सिर्जनाका कारण आइतबार नेप्से ओरालो लागेको थियो ।
आज नेप्सेले सकारात्मक बाटो समातेसँगै लगानीकर्ताको मनोबल बढेको छ । यसले आगामी दिनमा सेयर बढ्ने संकेत गरेको छ ।