थिम्पु– भुटानले कोरोना भाइरस नियन्त्रण गर्न देशव्यापी लकडाउन घोषणा गरेको छ । विदेशबाट फर्किएर क्वारेन्टिन पूरा गरेकी एक महिलामा कोरोना संक्रमण देखिएपछि लकडाउन घोषणा गरिएको हो ।
लकडाउन पाँच दिनदेखि २१ दिनसम्म जारी रहनेछ । यस अवधिमा सबै संक्रमितको पहिचान गर्ने तथा सबै संक्रमितलाई अलग्याउने जनाउँदै सरकारले यस कार्यबाट भाइरस प्रसारको साङ्लो तोडिने विश्वास लिएको छ ।
कुवेतबाट फर्किएकी एक २७ वर्षीया महिलालाई अनिवार्य क्वारेन्टिनमा राखेर घर पठाइएको थियो । तर उनमा सोमबार पुनः परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उनी भुटानका विभिन्न स्थानमा घुमेको सरकारको आशंका छ ।