काठमाडौं - भारतमा एकैदिन ८ सय ३४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।
यो अवधिमा झण्डै ६१ हजार सङ्क्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार ६० हजार ९६३ जना सङ्क्रमित भेटिएका हुन् ।
योसँगै भारतमा कुल सङ्क्रमितको संख्या २३ लाखभन्दा बढी पुगेको छ ।
भारतमा कोरोनाकै कारण अहिलेसम्म ४६ हजार ९१ जनाको मृत्यु भएको छ ।
१६ लाख ३९ हजार छ सय जना निको भईसकेका छन् ।
छ लाख ४३ हजार ९४८ जना भने अझै पनि सङ्क्रमित अवस्थामै छन् । रासस