डोटी– डोटीमा बस दुर्घटना हुँदा ३ जनाको मुत्यु भएको छ । दुर्घटनामा ३२ जना घाइते भएका छन् । डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा दुर्घटना भएको हो ।
कैलालीबाट अछामका तर्फ जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए ।
दुर्घटनामा ज्यान गुमाउनेहरुको परिचय खुलेको छ । दुर्घटनामा ३४ जना घाइते र ३ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेहरुमा अछामको बान्नीगढी गाउँपालिका–३ धामी गाउँका ६० वर्षिय पदम साउँद, साँफेबगर नगरपालिका–२ घर भई कैलाली नारायणपुर बस्दै आउनुभएकी ५५ वर्षिय धनी शाही र चौरपाटि गाउँपालिका–७ मार्कुका सहचालक टिकाराम वि.क मृत्यु रहेको प्रहरीले बताएको छ ।
यसैगरी, दुर्घटनामा १२ जना गम्भिर घाइते भएका छन् । घाइतेहरुमा अछामको बान्नीगढि गाउँपालिकाकी ३७ वर्षिया धना साउद, वर्ष २८ का रेमन्त साउँद, मंगलसेन नगरपालिका–७ बस्ने २२ वर्षिया सीता जनाला, २२ वर्षिया गीता जनाला, ४४ वर्षिय गौरे ढुंगाना, ३० वर्षिय दिपक शाहि, ४५ वर्षिया कल्धरी विक, ३८ वर्षिय गणेशकुमार जैगडी, ४५ वर्षिया कल्धरी जनाला, १० महिनाका बालक बिनय भण्डारी, ३२ वर्षिया पार्वती नटेल र ३५ वर्षिय धिरेन्द्र नेपाली रहेका छन् ।
घाइतेहरुको उपचार जिल्ला अस्पताल डाटीमा भइरहेको छ । अन्य घाइतेको अवस्था भने सामान्य रहेको छ । बस सडकबाट ३० मिटर तल खसेको थियो ।
वर्षाका कारण सडक चिप्लो भएकाले गाडी दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ ।