काठमाडौं– बुधबार बिहानैबाट देशभरका अधिकांश भू–भागमा वर्षा भैरहेको छ । देशका केहि स्थानमा वर्षाको यो क्रम आज रातिसम्मनै जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
देशका अधिकांश स्थानमा आज मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केहि स्थानमा भने भारी वर्षा हुने छ ।
देशका बागमती, गण्डकी र सुदूरपश्चिमका प्रदेशका केहि स्थान तथा प्रदेशल १, २ र कर्णाली प्रदेशका केहि स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
भारी वर्षाका कारण उल्लेखित क्षेत्रमा बाढी, पहिरो तथा डुवानको जोखिम रहेको भन्दै त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन मौसविदहरुले आग्रह गरेका छन् । आइतबारसम्म देशैभर पानी पर्ने क्रम नरोकिने पनि महाशाखाले जनाएको छ ।