काठमाडौं– विश्वमै कोरोना संक्रमितको मृत्युदर घटेको छ । यद्यपि पछिल्लो २४ घण्टामा विश्वभरका ४ हजार २ सय ६८ जना मानिसले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।
अघिल्लो २४ घण्टाभित्रका विश्वमा ५ हजार ७ सय १९ जना मानिसले कोरोना संक्रमणबाट ज्यान गुमाएका थिए ।
विश्वभर अहिलेसम्म कोरोना संक्रमणका कारण ७ लाख ३२ हजार ४ सय ९९ जना मानिस मृत्यु भैसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख गरिएको छ ।
अहिलेसम्म १ करोड ९९ लाख ३६ हजार २ सय १० जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । यो संक्रमण विश्वका २ सय १६ मुलुकमा फैलिएको छ ।