काठमाडौं– विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभरका संक्रमित मानिसको संख्या २ करोड नजिक पुगेको छ । अहिलेसम्म १ करोड ९९ लाख ३६ हजार २ सय १० जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
विश्वमा कोरोना संक्रमणका कारण ७ लाख ३२ हजार ४ सय ९९ जना मानिस मृत्यु भैसकेको छ ।
कोरोना भाइरसको अहिलेसम्म कुनै औषधि तथा खोप पत्ता लागेको छैन
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण सबैभन्दा धेरै अमेरिकामा देखिएको छ । त्यसपछि ब्राजिलमा कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै छ ।
विश्वका २ सय १६ देशमा फैलिएको कोरोना भाइरसको अहिलेसम्म कुनै औषधि तथा खोप पत्ता लागेको छैन । तर, विश्वका विभिन्न देशमा खोप क्लिनिकल परीक्षण भैरहेको छ ।