मस्को– संसारमा सबैभन्दा पहिले कोभिड–१९ खोपलाई स्वीकृति दिँदै यसलाई राज्यमा दर्ता गर्ने पहिलो मुलुक रुस बनेको रूसी समाचार संस्था स्पुतनिकले जनाएको छ ।
‘मेरो जानकारी अनुसार संसारमा कोभिड–१९ सङ्क्रमणविरुद्धको पहिलो खोप आज बिहान दर्ता गरिएको छ,’ राष्ट्रपति भ्लादिमीर पुटिनले सरकारसँगको बैठकमा भने ।
यसैबीच, रुसका स्वास्थ्यसेवा मन्त्री मिखाइल मुरास्कोले रुसी माइक्रोबायोलोजी अनुसन्धान केन्द्र गमलेयाको कोभिड–१९ खोपलाई राज्यले दर्ता गरेको जानकारी दिएको छ । गमलेयाले बनाएको खोप सुरक्षित र प्रभावकारी साबित भएको उनले बताए
यद्यपि खोपबारे विश्व स्वास्थ्य संगठनको आधिकारिक धारणा आइसकेको छैन ।