काठमाडौं– रुकुम (पश्चिम) चौरजहारी नगरपालिका–८ मा जेठ १० गते भएको हत्याकाण्डका मृतकका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको छ । साउन २६ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिपरिवार १० लाखका दरले आर्थिक सहायता गर्ने निर्णय गरेको हो ।
अर्थ सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले आज मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सो घटनाका घाइतेको पनि उपचार गर्दा लागेको बिलबमोजिमको उपचार खर्च सरकारले नै उपलब्ध गराउने बताएका छन् ।
रुकुम घटनामा परी नवराज वि.क, गेणश बुढा मगर, लोकेन्द्र सुनार, सञ्जीव वि.क. गोविन्द शाही र टीकाराम सुनार मारिएका थिए भने१२ जना घाइते भएका थिए ।