काठमाडाैं– भारतबाट स्थलमार्ग हुँदै स्वदेश आउने नेपालीका लागि नेपाल–भारत सीमाका १० वटा नाका मात्र खुला गरिएको छ । साउन २६ मा बसेको नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै अर्थ सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले नेपाल प्रवेशका लागि १० वटा नाका मात्र खुला गरिएको जानकारी गराएका हुन् ।
पछिल्लो समय कोरोना संक्रमणदर भारतमा समेत बढ्दै गएकाले नेपालीहरू स्वदेश फर्कने क्रम रोकिएको छैन । आफ्ना नागरिकलाई स्वेश फर्कन सहजीकरणकै लागि १० वटा नाका खुला गरिएको हो ।
नेपाल प्रवेशका लागि खुला गरिएका नाकाहरू
काँकडभिट्टा (झा)
रानी (मोरङ)
माडर (सिराहा)
गौर (रौतहट)
वीरगन्ज (पर्सा)
बेलहिया (रूपन्देही)
कृष्णनगर (कपिलवस्तु)
जमुनाह (बाँके)
गौरीफन्टा (कैलाली
गड्डाचौकी (कञ्चनपुर)