वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति कार्यालय ह्वाइट हाउसनजिकै गोली चलेकाे भएको बताएका छन् । नियमित प्रेस ब्रिफिङमा रहेका ट्रम्पले गोली चलेको बताएका हुन् ।
ट्रम्पलाई उक्त कुराको जानकारी गुप्तचर निकायका एजेन्टले दिएको बताइएको छ । कोरोनाबारे ब्रिफिङ गरिरहेका ट्रम्पको कानमा उनको सुरक्षामा खटिएका एजेन्टले गाेली चलेकाे जानकारी गराएका थिए ।
ह्वाइट हाउस लकडाउन भएका बेला भएको घटना सुनेर ट्रम्प ‘ओहो के भइरहेको छ’ भन्दै बाहिरिएका थिए । गोली चल्दा एक जना घाइते भएका र उनको उपचार भइरहेको जनाइएको छ ।