काठमाडौं– वीरगन्जमा २ चिकित्सकसहित थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये २२ महिला र ४८ जना पुरुष रहेका छन् ।
गएराति नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परिक्षणका क्रममा ७० जनामा संक्रमण देखिएको हो । संक्रमित हुनेहरुमा ४ जना बाराका रहेका छन् । बाँकी ६६ जना पर्साकै रहेका अस्पताल प्रमुख मेडिकल सुपरिडेन्टेन्ट डा. मदन उपाध्ययले जानकारी दिए ।
३ वर्षीय बालकदेखि ८६ वर्षीय वृद्धसम्ममा कोरोना संक्रमण देखिएको हो । आज थपिएका संक्रमित मध्ये २ जना नेसनल मेडिकल कलेजमा कार्यरत छन् ।