काठमाडौं– आज बिहानैबाट देशका विभिन्न स्थानमा हल्का वर्षा भैरहेको छ । आज दिनभर जसो देशभरका धेरै स्थानमा मेघगर्जन सहित ठाउँ ठाउँमा फरक फरक किसिमले वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाकी मौसमविद् विभूति पोख्रेलले जानकारी दिइन् ।
देशका अघिकांश स्थानको मौसम दिनभर खुले पनि बेलुकीपख पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश एक, दुई, बाग्मती प्रदेश तथा प्रदेश ५ का केहि स्थानमा आज राती ठूलो वर्षाको सम्भावना रहेको छ ।