काठमाडौं– पछिल्लो २४ घण्टामा विश्वका ५ हजार भन्दा धेरै मानिसले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । २४ घण्टामा विश्वभरीका ५ हजार ७ सय १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
यो संख्या अघिल्लो २४ घण्टाको भन्दा कम हो । अघिल्लो २४ घण्टामा विश्वकरीका ६ हजार २ सय ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
अहिलेसम्म विश्वभरीका ७ लाख २८ हजार १३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् । विश्वका १ करोड ९७ लाख १८ हजार ३० जनामा पुष्टि भएको कोरोना संक्रमण विश्वका २१६ देशमा फैलिएको छ ।