काठमाडौं– आज श्रीकृष्ण जन्माष्टमी पर्व । देशभर श्रीकृष्णको पूजा आरधना गरी मनाईदै छ । द्धापरयुगमा भगवान श्रीकृष्णको जन्म अष्टमीको मध्यरातमा भएको सतयो । त्यसैले आजको रातलाई ‘मोहरात्री’ पनि भन्ने चलन छ ।
आज देशभरका कृष्ण मन्दिरमा भगवान कृष्णको पूजा आराधनाका साथमा प्रवचन तथा भजनकीर्तन गर्ने गरिन्छ । आज विशेष ब्रत व्रत बसी रातभर जाग्राम बस्ने पाि चलन छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान श्रीकृष्णको आठौँ अवतारका रुपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।
जन्माष्टमीका दिन पाटनको कृष्णमन्दिरमा ठूलो मेला लाग्ने गथ्र्यो । यो वर्ष भने कोरोना महामारीका कारण मेला नलाग्ने भएको छ ।