काठमाडौं– शनिबार गोंगबुमा सुटकेसमा भेटिएको शवको सनाखत भएको छ । महानगरीय प्रहरी कार्यालयले सुटकेसमा भेटिएको शव रोल्पाका
कृष्णबहादुर बोहोरा भएको बताएको छ ।
केही घण्टाअघि महानगरीय अपराध महाशाखाले मृतकको सनाखत गर्न नसकेकाले उनीबारे जानकारी प्राप्त गर्न तस्बिर सार्वजनिक गरेको थियो ।
महाशाखाले मृतकको हुलिया सार्वजनिक गर्दै उनीबारे जानकारी वा सूचना भए महानगरीय अपराध महाशाखा वा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराइदिन आमनागरिकलाई अनुरोध गरेको थियो ।