काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको कुन संख्या २३ हजार ३ सय १० पुगेको छ ।
पर्सा, रौतहट, महोत्तरी र काठमाडौं कोरोना संक्रमितको संख्या ५ सय भन्दा धेरै हुने जिल्ला हुन् । देशभरी ७ सय ३८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ८ हजार ४ सय ३२ जनाको पीसीआर परिक्षण गरिएको थियो । अहिलेसम्म नेपालमा ४ लाख ५२ हजार २ सय ३६ जनाको पीसीआर परिक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको । काठमाडौंमा ३६ जना, ललितपुरमा ४ जना र भक्तपुरमा ४ जना कोरोना संक्रमित भेटिएका हुन् ।
पछिल्लो २४ घण्टामा १६० जना कोरोना संक्रमित उपारपछि घर फर्किएका छन् । यो सँगै अहिलेसम्म १६ हजार ४ सय ९३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।