काठमाडौं– गोंगबुमा फेला परेका मृतकको तस्बिर सार्वजनिक गरिएको छ । महानगरीय अपराध महाशाखाले मृतकको सनाखत गर्न नसकेकाले उनीबारे जानकारी प्राप्त गर्न तस्बिर सार्वजनिक गरेको हो ।
महाशाखाले मृतकको हुलिया सार्वजनिक गर्दै उनीबारे जानकारी वा सूचना भए महानगरीय अपराध महाशाखा वा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराइदिन आम नागरिकलाई अनुरोध गरेको छ ।
काठमाडौंको टोखा नगरपालिका–१० गोंगबु गणेशस्थानमा उनको शव सुटकेसमा भेटिएको थियो ।