काठमाडौं– युवती जबरजस्ती करणी अभियोगमा २ युवालाई प्रहरीले पक्राउ गरेको छ । २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर हरिसिद्धिबाट चितवन खैरेनीका २८ वर्षीय रामशरण बिक र नुवाकोट विदुरका रामकुमार सुनुवारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरूले ती महिलालाई रोकी राखेको ग.१ ख २३३८ नम्बरको ट्रकभित्र जबरजस्ती करणी गरेको बताइएको छ । घटनाको खबर पाए लगत्तै महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।