कोरोना सङ्क्रमितबाट मृत्यु भएका पोखरा महानगरपालिका– १९ का ६२ वर्षीय पुरुषको शव महानगर–३२ मजुवास्थित रातोपहिरो घाटमा व्यवस्थापन गर्दै नेपाली सेना । फोटोः राधिका कँडेल/रासस

तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारस्थित पृथ्वीराजमार्ग नजिकै अविरल वर्षाका कारण पहिरो झरेपछि जोखिममा परेको घर । फोटोः सानेबहादुर नेपाली/रासस

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं १ छाँगे टोलका किसानले गरेको धान खेती । फोटोः पेमा लामा/रासस

कपिलवस्तुको शिवराज नगरपालिका–११ थुन्हियाका किसान धान खेतमा रासायनिक मल छर्दै । लामो समयसम्म बन्दाबन्दीका कारण पर्याप्त मल नपाउँदा किसान चिन्तित छन् । फोटोः सनिउल्ला धोबी/रासस