काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलका अंगरक्षकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अंगरक्षकलाई कोरोना संक्रमण भएपछि महासचिव पौडेल आइतबारदेखि आइसोलेसनमा बसेका छन् ।
शुक्रबार महासचिव पौडेलसहित उनका अंगरक्षकहरुको स्वाब परीक्षण गरिएको थियो । परीक्षणका क्रममा एक जना अंगरक्षकमा कोरोना संक्रमण देखिएको छ । भेटघाटमा सक्रिय पौडेलले शनिबार मात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेट गरेका थिए ।