काठमाडौं– नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७५ पुगेको छ । पछिल्लो चौबिस घण्टामा थप दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या ७५ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ३ सय ८० जना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ ।
त्यस्तै, आज ४० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्जको संख्या १६ हजार ३ सय ५३ जना डिस्चार्ज भएका छन् । पछिल्लो समय संक्रमण दर बढ्दै गएकाले सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरिएको छ । सरकारले जथाभावी नहिँड्न र हिँडडुल गर्नैपर्ने अवस्था आए मास्क लगाएर मात्र हिँड्न अनुरोध गरेको छ ।
