काठमाडौं– सुनकोसी गाउँपालिका आजबाट अनिश्चितकालका लागि सिल गरिएको छ । वडा नम्बर ७ मा संक्रमण देखिएकाले संक्रमण रोक्न गाउँपालिका सिल गरिएको हो ।
गाउँपालिकाको सूचनामा उल्लेख छ, ‘गाउँपालिकाको क्षेत्रभित्रको जिरी जाने सडकको उत्तरतर्फमा १ किमिदेखि विद्युत् प्राधिकरण जाने सडक लप्सेखोलासम्म, पश्चिममा १ किमिदेखि २ किमि जिरी जाने सडकसम्म आवतजावत पूर्ण रुपमा निषेध ।’
गाउँपालिका प्रमुख श्रवणकुमार जिसीले भने, ‘आवतजावत पूर्ण रुपमा निषेध गरिएको छ । व्यापार, व्यवसायलगायत अन्य क्रियाकलाप बन्द गर्ने निर्णय गरिएको हो ।’
जिसीले सिल गरिएको क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई घरमै क्वारेन्टिनमा बस्न अनुरोध गरेका छन् ।
