काठमाडौं– काठमाडौंको गोंगबु गणेशस्थानमा टाउकोविनाको शव फेला परेको छ । सुटकेसभित्र प्याक गरि फालिएको अवस्थामा शव भेटिएको हो ।
टाउको भने शव भेटिएको स्थानबाट ३ सय मिटर टाढा फेला परेको प्रहरीले जनाएको छ । शवको पहिचान हुन सकेको छैन् ।
घटनाको थप अनुसन्धानका लागि काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीको टोली घटनास्थलमा पुगेको छ ।